म्याग्देमा शिवरात्रीकाे अवसरमा भलिबल प्रतियोगिता शुरु

  • ख-
  • ख+

विकास खनाल

महाशिवरात्रि काे अवसर पारि ठकुरी दर्शन युवा क्लव म्याग्दे गाउँपालिका वडा नँ ७ वर भञ्ज्याङकाे आयाेजनामा विहिवार देखि २९ आौ भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताकाे उद्घाटन गर्दै प्रमुख अतिथि म्याग्दे गाउँपालीकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले खेल क्षेत्रमा युवाहरूको भुमिका ठुलो रहेको बताए ।

गाउँमा सुरु भएको खेलले जिल्ला हुँदै केन्द्रिय स्तरको खेलाडी बन्न सघाउ पुर्याउन सक्ने बाताबरण बनाेस घिमिरेले भने । युवाहरूलाई खेल सँगै अन्य सामाजिक सुधारका काममा पनि लाग्न उनलेे अाग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि हिरा गुरूङ तथा अतिथिहरू पुर्णचन्द्र घिमिरे , टेकबहादुर हमाल , हर्कबहादुर सेन , चित्र बहादुर ठकुरी , अन्जिला हमाल लगायतका वक्ताहरूले बाेलेका थिए ।

ज्ञानेन्द्र शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे स्वागत रेखा शिँहले र सञ्चालन पशुपति अर्यालले गरेका थिए । उद्घाटन पछिकाे पहिलो खेलमा तल्लो ढाेकेले सर्वलाङलाई बिजय सुरुवात गरेको छ ।

प्रतियाेगितामा प्रथम , द्दितिय र तृतीय हुने टिमलाई क्रमश १५ हजार , १० हजार र ५ हजार पुरस्कार राखिएको क्लबका पशुपति अर्यालले बताए । १० टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा गाउँपालिकाले खेल सामाग्री र हिरा गुरूङले ७ हजार नगद सहयोग गरेको अध्यक्ष ज्ञानेन्द्र शाहीले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी