दानबहादुर श्रेष्ठ ऋषिङ्ग : ऋषिङ्ग गाउँपालिका वडा नम्बर 8 रहेको श्री शिव सरस्वती माविमा आयोजना गरिएको गाउँपालिका स्तरीय महिला वक्तित्वकला प्रतियोगिता को प्रथम ऋषिङ्ग गापा -१ कि अनिशा थापा प्रथम भएकी छिन् । त्यसैगरी प्रतियोगितामा ऋषिङ्ग ४ कि सबिना थापा द्वितीय र र ऋषिङ्ग ८ की दिपिका श्रेष्ठ तृतीय हुन् सफल भएका थिए भने ऋषिङ्ग ४ की नरिमाया रानाभाटले सान्तवना हुन सफल भएका थिए । प्रथम द्वितीय तृतिय र सान्त्वनाको लागि क्रमश: १०,०००/-,७०००/-,५०००/- र ३०००/- प्रतियोगिताका विजयीहरुलाई १११ औं अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा सोमबार गाउँपालिकामा आयोजना गरीएको कार्यक्रममा प्रमाणपत्र , नगद शिक्षा शाखाका बिश्वराज अधिकारिले प्रदान गर्नुभएको थियो । गाउँपालिकाको उपाध्यक्ष गिनुमाया थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद बराल , प्रशासकिय अधिकृत चण्डिका पौडेल, विद्यार्थी, गा पा का कर्मचारी तथा स्थानियको उल्लेख्य उपस्थिती रहेको थियो ।कार्यक्रम महिला तथा बालबालिका शाखाका प्रमुख ज्ञानु खनालले संचालन गरेकी थिईन् ।




W कभर स्टोरी







