राताे टीका र राताे पछ्याैराले सम्मान पाउँदा एकल महिला भावविह्वल

  • ख-
  • ख+

विकास खनाल

दमौली:१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दे गाउँपालीकाले एकल महिलालाई राताे टीका र राताे पछ्याैराले सम्मान गरेको छ । राताे टिकाले सम्मानित हुँदा अधिकांश एकल महिला भावविह्वल भए । राताे टीका र राताे पछ्याैरा ओढ्ने सुरुवात गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले गरिन् । उनलेे अमाजु र जेठानी दिदी बाट जब राताे पछ्याैरा ओढिन मञ्चमै आँसुकाे धारा बगाइन् । समाजलाई पुरानो रूढिवादि परम्परा र संस्कार बाट माथि उकास्न जसले कार्यक्रम अायाेजना गर्याे र सयौं एकल महिलालाई जुटाएर क्रान्तिकाे अवधारणा ल्यायाे स्वयं अध्यक्षकै अाँखाबाट आँसु बग्न थालेपछि सयौं उपस्थित महिलाहरूकाे पनि रूवावासि चल्याे । कार्यक्रम निकै भावनामा बग्दै गर्दा महिला मात्रै हाेइन पुरूष पनि भावुक बने । साच्चै म्याग्देले क्रान्तिकाे काम गर्याे याे अभियानले निकै खुसि तुल्याएको छ राताे पछ्याैरा ओढेपछि म्याग्दे ५ कि पदम माया थापाको प्रतिक्रिया थियो । म अहिले ४८ बर्षकाे भएँ , २६ बर्षकाे उमेरमा श्रीमानकाे मृत्युु भए पछि एकल महिलाको रूपमा घरमै एउटा छाेरा र छाेरि हुर्काइ , पढाइ सक्षम बनाउन सकेँ उनलेे भावुक हुँदै भनिन् । एकल महिला भनेपछि समाजका केही मानिसले अर्कै दृस्ठिकोणले हेर्ने , स्वतन्त्र रूपमा जीवन चलाउँदा पनि नकारात्मक कुरा गर्ने अनेक टिकाटिप्पढि गर्ने गरेको पाएकाे हुँदा छाेराछाेरिकाे सल्लाह अनुसार राताे टीका र पछ्याैरा ओंढ्न आएकि हुँ थापाले अाँशु झार्दै भनिन् । यस्तै म्याग्दे ३ कि २१ बर्षिय अन्जु थापाले पनि १ बर्ष अगाडि अाफ्नाे श्रीमानकाे बैदेशिक राेजगारिकाे सिलसिलामा मृत्युु भए पछि राताे नलगाई बसेकामा अब सधैं यसरी हुँदैन भन्ने मनमा आएकाेले अाजबाट राताे पछ्याैरा र टीका लगाएको बताइन् । थापाकाे जस्तै भनाइ सम्मानित सबै महिलाको थियो , उनिहरूले गाउँपालिकाकाे यस प्रयास र अभियानलाई निकै सर्हाए । कार्यक्रम स्थलमा पछ्याैरा अाेढ्नेकाे घुइँचो लाग्याे । अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी तथा कार्यक्रमकाे अध्यक्षता गरिरहेकि बद्रीका घिमिरे लगायतलाई भ्याइनभ्याई भयो । करिव २ सय २७ जना एकल महिलाले राताे पछ्याैरा र राताे टीका लगाऐकाे गाउँपालीका अध्यक्ष मायादेवी रानाले बताइन् । यस्तै साेहि कार्यक्रममा गाउँपालीका भित्रका अस्पतालमा सुत्केरी हुने महिलालाई सुत्केरी प्राेत्साहन रकम बापत रू ३ हजारका दरले बितरण गरिएकाे स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए । नारी दिवसको अवसर पारेर आयाेजना गरिएको मावि स्तरीय छात्रा फुटबल प्रतियोगिताका बिजेता उपविजेता टिमलाई साेहि अवसरमा पुरस्कार बितरण गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । कार्यक्रममा राधा मावि जामुनेका विद्यार्थीहरूले काैरा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा धनमाया आले , मनिता थापा , दिलबहादुर नेपाली , रामबहादुर अधिकारी , कुमारी राना , रत्ना घिमिरे , लगायतका बक्ताहरूले नारि हकहितका बारेमा बाेलेका थिए । बद्रीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत रामकुमारी केसीले र सञ्चालन राधा घिमिरेले गरेकि थिईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी