मरेर पनि सधैं जिवित व्यक्ति स्व. ताराराज राना – कांग्रेस नेता पाैडेल

  • ख-
  • ख+

दमौली: समाजमा धेरै याेगदान गरेको व्यक्ति , राजनीतिक शृंखला सँग जाेडिएकाे व्यक्ति , लाेकतन्त्रकाे दियो बाल्नु भएका व्यक्ति , आफ्नाे लागि हाेइन समाजका लागि बाच्नु पर्छ भन्ने व्यक्ति , ताराराज राना जाे मरेर गए पनि सधैं जिवित रहनुभएकाे छ । उहाँलाई अहिले आदर्श क्लबले फुटबल खेल आयाेजना गरेर सम्झेकाे छ , यसको लागि म आयाेजक टिमलाई धन्यवाद दिन चाहन्छु ! कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पाैडेलले साेमबार आदर्श तारा कप फुटबलको उद्घाटनका क्रममा स्व . ताराराज रानालाइ सम्झँदै भनेको भनाइ हाे याे । खेलकुदले लाेकतन्त्र सिकाउँछ , मनाेबिज्ञानकाे बिकास गराउनका लागि , फुटबल आवश्यक छ, खेलकुद आवश्यक छ प्रमुख अतिथि पाैडेलले भने । युवाहरू खेलकुद सँगै अन्य सृजनशिल कार्यमा पनि लाग्नपर्छ , फराकिलाे बन्दै जानुपर्छ पाैडेलले भने । म्याग्दे गाउँपालीका वडा नँ ४ मा सुरु भएको नवाैँ आदर्श तथा चाैंथाे तारा स्मृति कप फुटबलको उद्घाटन गर्दै उनलेे साे कुरा बताएका हुन् । अतिवादी लाई अन्त्य गराउन काङ्ग्रेसले मात्रै सक्छ , देशलाइ बचाउन काङ्ग्रेसले मात्रै सक्छ पाैडेलले भने । कार्यक्रममा म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी राना , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , माेहन गिरि , चुडामणि खनाल , माेहन कुमार श्रेष्ठ लगायतका बक्ताहरूले कार्यक्रम सफलताको सुभकामना दिएका थिए । क्लबका अध्यक्ष गाैरब राज रानाको अध्यक्षतामा भएको कार्यक्रमकाे सलन थापाले सञ्चालन र मलिन मल्लले स्वागत गरेका थिए । २६ टिमको सहभागीता रहेको उक्त प्रतियोगितामा प्रथम हुनेलाइ १ लाख १ रूपया र द्दितिय हुनेलाइ ५० हजार १ रूपयाँ पुरस्कार राखिएको क्लवका अध्यक्ष गाैरब रानाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी