नेपाल शिक्षक संघ ऋषिङ्गको तेस्रो प्रतिनिधि सभा सम्पन्न

  • ख-
  • ख+

ऋषिङ्ग: नेपाल शिक्षक संघ ऋषिङ्गका सभापती महेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा संचालित कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं २ का सह सभापती राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरे ।
उनले शिक्षकको मान मर्दन हुँदा शिक्षा क्षेत्रमा पर्ने नकारात्मक प्रभावप्रती गाउँपालिका सचेत छ भन्दै सहि कार्यसम्पादनमा सबैको यथोचित सल्लाह तथा सुझाव आवश्यक रहेको बताए ।


कार्यक्रममा विशिष्ट अतिथी रहेका नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमल पोखरेलले शिक्षक हकहितको लागि नेपाल शिक्षक संघ गम्भीर ढङ्गले लागेको बताउँदै अन्य दलबाट प्रतिनिधित्व जनाउने शिक्षक हकहितको लागि गठित समितिका प्रतिनिधिहरु फगत राजनैतिक संगठन बिस्तारको लागि मात्र केन्द्रीत हुँदा शिक्षकका वास्तविक समस्याहरु ओझेल परेको बताउँदै एक स्थानमा उभिएर शिक्षकको समस्या तथा कर्तब्यपरायणतामा साझेदार बन्न आग्रह गरे ।

शिक्षक कल्याणकारी कोषको तर्फबाट तनहुँका शिक्षकका घाउमा मल्हम लगाउनको लागि आफुलाई समर्पण गरेका उनले आगामी दिनमा शिक्षकको समस्याको लागि शिक्षक नै निरन्तर कृयाशिल तथा सारथि बन्नुपर्ने बताएका थिए ।

उनले छिट्टै शिक्षकका लागि दिर्घकालिन रोगका उपचारका लागि तथा अन्य स्वास्थ्य उपचारका लागि भिन्न र प्रीथक बाटो अवलम्बन गरिने योजना रहेको बताएका थिए ।


कार्यक्रममा बोल्दै नेपाली कांग्रेस ऋषिङ्गका सचिब दान बहादुर श्रेष्ठले ऋषिङ्गको समग्र बिकासको लागि स्थानिय सरकारले भौतिक पुर्बाधारमा मात्र जोड दिएको र शिक्षा तथा सामाजिक बिकासमा कम गम्भीर देखिएको हुँदा भौतिक तथा सामाजिक बिकासलाई सँगसँगै लैजान सुझाव दिए ।

उनले सामाजिक बिकास तथा शैक्षिक हिसाबले निकै कमजोर रहेको ऋषिङ्ग क्षेत्रमा गाउँपालिकाका पछिल्ला कदमहरुपनी खास प्रभावकारी नरहेको तथा शिक्षा क्षेत्रका लागि सुखद नरहेको टिप्पणी गर्दै शैक्षिक बिकास बिना समाज परिबर्तनको सपना अधुरो रहने भन्दै शिक्षामा लगानी तथा शिक्षकको कृयाशिलताले मात्र वास्तबिक रुपमा सुन्दर ऋषिङ्गको कल्पना पूरा हुने बताए ।


कार्यक्रममा ऋषिङ्ग गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुवास रानाभाट,प्रधानाध्यापक संघ ऋषिङ्गका अध्यक्ष बिष्णुप्रसाद बराल, शिक्षक संघ तनहुँका सहसचिब गणेश कुमार श्रेष्ठ, शुक्ला मा बि का प्रधानाध्यापक केशर थापा मगर, शृङ्ग माविका  टंक बहादुर थापा लगायतले शिक्षक हकहित पक्षमा मत जाहेर गरेका थिए । नेपाल शिक्षक संघका उपाध्यक्ष तिलिसरा थापाले स्वागत मन्तब्य दिएको उक्त सभा सचिब राजेन्द्र गिरिले संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी