नारी दिवसमा म्याग्देमा छात्रा फुटबल प्रतियोगिता

  • ख-
  • ख+


विकास खनाल
म्याग्दे: १११ अाैँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा म्याग्दे गाउँपालीका स्तरीय माध्यमिक विद्यालय प्रथम छात्रा फुटबल प्रतियोगिता २२ गतेदेखि जामुनेमा सुरु भएको छ ।

प्रतियोगिताको एक कार्यक्रमका विच प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । छात्राहरूलाइ फुटबलमा अाकर्सित गराउन र खेलकाे माध्यमबाट माथि उकास्न नारी दिवसको अवसर पारेर खेल अायाेजना गरेको रानाले बताइन् ।

कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले खेलले विद्यार्थीलाई अनुशासित बनाउने बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद अधिकारी , प्रदिप न्याैपाने लगायतले बाेलेकाे शिक्षा प्रमुख बुद्धि सागर खनालले बताए ।

गाउँपालीका भित्रका ६ वटा टिमको सहभागीता रहेको प्रतियोगितामा मीन माविले रत्न मावि लाई सुन्यका बिरूद्द १ गाेलले , राधा माविले गणेश माविलाई सुन्यका विरूद्द १ गाेलले जितेका थिए । यस्तै दाेस्राे चरणको खेलमा महेन्द्र मावि गुणादीले मीन मावि थर्पुलाइ सुन्यका बिरूद्द १ गाेलले , जनगणपति मावि धयेंरेले राधा मावि जामुने लाई १ का बिरूद्द २ गाेलले पराजित गरेको छ ।

पराजित मध्ये मीन मावि थर्पु र राधा मावि जामुने बिच तृतीय स्थानको लागि २३ गते विहान ७ बजे खेल हुनेछ भने फाइनल खेल बिहान ८ बजे जगगणपति मावि र महेन्द्र मावि गुणादी बिच हुने खेल उपसंयाेजक महेश भट्टराईले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाइ १० हजार नगद , प्रमाणपत्र र सिल्ड , द्दितिय हुनेलाइ ८ हजार नगद सिल्ड र प्रमाणपत्र तथा तृतीय हुनेलाइ ५ हजार नगद , सिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी