कराङकाठमा आजबाट फुटसल प्रतियोगिता शुरू

  • ख-
  • ख+

दमौली:तनहुँ फुटसल तथा बिच सकर समितिको आयोजनामा दमौलीमा आजबाट फुटसल प्रतियोगिता शुरू भएको छ । व्यास १ कराङ काठस्थित खेल मैदानमा शुरू प्रतियोगिताको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।

उनले युवाहरुले खेल क्षेत्रको प्रवर्द्धनका लागि देखाएको सक्रियताको सराहना गरे ।संस्थाका सल्लाहकार सुरेश पुरीले फुटसल खेल लोकप्रिय भइरहेको भन्दै दमौलीमा यस्तो प्रतियोगिता हुनुलाई सकारात्मक भने ।

क्लबका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा विजेताले नगद ३३ हजार तीन सय ३३ तथा उप विजेताले २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने समितिका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

हाई स्कोरार र म्यान अफ दि सिरिजलाई पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको फाइनल शनिबार हुने समितिका सचिव युवराज भण्डारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी