म्याग्देमा एकल महिला सशक्तीकरण समिति गठन ,अध्यक्षमा धनमायाँ

  • ख-
  • ख+


विकास खनाल
दमौली: तनहुँकाे म्याग्दे गाउँपालिकाले गाउँपालिका स्तरीय एकल महिला सशक्तीकरण समिति गठन गरेको छ । समितिकाे अध्यक्षमा धनमायाँ अाले , उपाध्यक्षमा मधु कुमारि हमाल , सचिवमा कमला कुमाल , सहसचिवमा कृष्णा मायाँ बस्याल , काेशाध्यक्षमा पदम माया थापा रहेका छन् । यसैगरी समितिकाे सदस्यहरूमा सिर्जना विक , विष्णु लम्साल , कमला परियार , मिस्रि परियार , दलमायाँ पुन , लक्ष्मी थापा मगर , सरला अधिकारी , पदिमायाँ क्षेत्री रानाभाट , दुर्गामायाँ घर्ती , कल्पना अधिकारी , जसाेदा गुरूङ , इश्वरी श्रेष्ठ , सत्यकला न्याैपाने , बुद्धि माया विक र टुल माया पुन रहेका छन् ।
त्यसअघि भएको उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले एकल महिलाकाे पक्षमा अाँफु र अाफ्नाे पालिका रहेको बताइन् । मपनि एकल महिला हाे तर कहिल्यै हिम्मत हारेको छैन रानाले भनिन् । हिम्मत नहार्नुस हामी साथमा छाैँ , उनको भनाइ थियो । श्रीमानकाे निधन भए पछि कहिलेकाहीँ एक्लै भएँ , मेरो काेहि छैन भनेर मन अमिलो बनाउने , नियास्राे मान्ने , अात्तिने गर्छौं हामी , तर त्यस्तो कहिल्यै साेच्नुहुँदैन रानाले ढाडस दिँदै भनिन् । बाेल्दाबाेल्दै प्रमुख अतिथि राना नैँ भावुक भए पछि उपस्थित सबै महिलाहरूकाे अाँखामा अाँसु भरिएको थियो । भावुक हुँदै रानाले नारी दिवसको दिन म्याग्देले एकल महिलाको लागि स्वइच्छा अनुसार राताे टीका र पछेउरा बाँडेर सम्मान गर्ने कार्यक्रम रहेको बताइन् । याे हाम्रो ठुलो चुनाैतिकाे काम पनि हाे , हामी पुरानो रूढिवादि संस्कारलाई ताेड्न चाहन्छौं रानाले भनिन् ।
कार्यक्रममा विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले एकल महिलाको समस्या लाई हल गर्न सजिलो हाेस भनेर समिति गठन गरिएको बताए । म्याग्दे अहिले महिला मैत्री गाउँपालिका भएको र महिला लक्षित कार्यक्रम धेरै भन्दा धेरै ल्याएको घिमिरेले बताए । कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडा नँ १ का अध्यक्ष शिवसरण वाग्ले , बसन थापा , प्रेमबहादुर थापा बद्रीका घिमिरे , चिनिमायाँ अाले , राधादेवि घिमिरे , फुलमायाँ नेपाली , पवित्रा खनाल , केशिमाया अाले , केसिमाया बराल , निर्मला वाग्ले , अाशादेवि गुरूङ ,अभिमान सिंह थापा लगायतका बक्ताहरूले मन्तब्य राखेका थिए । कार्यक्रमकाे प्रदिप न्याैपानेले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्