चैत्र २७ मा राप्रपाको जिल्ला अधिवेशन

  • ख-
  • ख+

दमौली: राप्रपा जिल्ला कार्य समिति तनहुँले पार्टीकाे जिल्ला निर्वाचन समिति गठन गरेको छ । जिल्ला अध्यक्ष विनोद घर्तीको अध्यक्षतामा बसेको बैठकले राप्रपा केन्द्रीय सचिवालयको निर्देशन अनुसार समिति गठन गरेको पार्टीले जनाएको छ।

समितिको संयोजकमा पूर्व अध्यक्ष प्रेमबहादुर गुरुङ,सचिव इन्द्रकुमारी रानाभाट र सदस्यमा बाबुराम न्यौपाने मनोनयन भएका छन्।

बैठकले पार्टी जिल्ला अधिवेशन चैत्र २७ गते शुक्रवार सदरमुकाम दमौलीमा गर्ने सर्वसम्मत निर्णय गरेको अध्यक्ष घर्तीले जानकारी दिए । बैंककमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राजेन्द्र अधिकारी र केन्द्रीय गौमायां श्रेष्ठको उपस्थिति थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी