नदीजन्य सामग्री अवैध रूपमा उत्खनन तथा तस्करी गर्ने ८ सवारी कारवाहिमा

  • ख-
  • ख+

दमौली: तनहुँ व्यास नगरपालिका वडा नं. ७ मादी नदीको किनारबाट अवैध रुपमा बालुवा उत्खनन् एवं तस्करी गर्ने ४ ओटा सवारीलाई इलाका प्रहरी कार्यालय कलेस्तिले नियन्त्रमा लिएको छ । ग १ त २८३१, ना २ त ७३५७, ग १ त ३७३५ र ग १ त ४०५५ नं. को ट्याक्टरहरुलाई कलेस्ती एकाइकबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई व्यास नगरपालिकाको कार्यालयलाई बुझाएको थियो । सोही अनुसार नगरपालीकाले प्रति ट्याक्टर रु. ८,०००।– का दरले जम्मा रु. ३२,००० जरिवाना असुल गरेको हो । त्यसै गरी गत शनिवार व्यास न.पा.वडा नं.१ मनकामनाचोक तथा बन्दिपुर गाउँपालिका वडा नं. ६ सारङ्घाट स्थितमा बन्द रहेको नमुना ग्रिड क्रसरबाट अबैध रुपमा गिट्टी बालुवा लोड गरी दमौली तर्फ ल्याउदै गरेको अवस्थामा ग २ ख ८२०९ र ग १ क ४२६१ नं. नं. को टिप्परहरुलाई नियन्त्रणमा लिई प्रति टिप्पर रु. २०,०००।– का दरले जम्मा रु. ४०,००० जरिवाना गरेको थियो। त्यसैगरी मंगलवार घिरिङ गाउँपालिका वडा नं. १ पुट्टारको कालीगण्डकी नदीबाट अबैध रुपमा उत्खनन् गरी बालुवा लोड गरी लिई हिडेको अवस्थामा लु ४ त ७२०६ र लु ३ त ३०२६ नं. को ट्याक्टरहरुलाई प्रहरी चौकी पुट्टारबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई घिरिङ गाउँपालिकाको कार्यालयमा पठाएकोमा बुझाएको थियो । सोही अनुसार पालिकाले प्रति ट्याक्टर रु.१,०००।– का दरले जम्मा रु. २,०००।– जरिवाना तिराएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी