शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका बैठक थप्रेकमा प्रथम मेयर कप गर्ने निर्णय

  • ख-
  • ख+

तनहुँ: शुक्लागण्डकी नगरपालिकाको ८५ औ नगर कार्यपालिकाको बैठक वडा नम्बर १ को थप्रेक सामुदायिक होमस्टेमा सम्पन्न भएको छ । थप्रेकको पर्यटन प्रर्बद्धनका लागि मंगलबार थप्रेक भ्युटावरसँगै रहको सामुदायिक भवनमा बैठक बसेको हो । बैठकले प्रथम मेयर कप अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता, खुलाब्याडमिन्टन प्रतियोगिता र अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको मिति तोकेको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम मेयर कप भलिबल र ब्याडमिन्टन प्रतियोगिता चैत १५ देखि १७ गतेसम्म हुनेछ । राष्ट्रपति रनिङशिल्ड फागुन २७ र २८ गते हुनेछ ।लामो समयसम्म नगरपालिकाले समस्याको रुपमा रहेको फोहरमैलाव्यवस्थापनका लागि नगरमा प्रस्ताव पेश गरेका संस्थासँग केही शर्तसहित छलफल गर्ने र छिट्टै टुंगो लगाउने निर्णय भएको कुमालले बताउनुभयो । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान र नगरपालिकाले शिक्षाको क्षेत्रमाछुटएको बजेटलाई बाँडफाड समेत गरेको कुमालले बताउनुभयो । कार्यालय बाहिर बैठक बसेको यो पहिलोपटक हो । अब हरेक वडामा पुगेर कार्यपालिका बैठक बस्ने नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो । ‘धार्मिक तथा पर्यटकीय सम्भावना उजागर गर्नलाई वडा–वडामा पुगेर बैठक बस्न सुरु गरेका छौ, उहाँले भन्नुभयो । समुन्द्र सतहबाट एक हजार दुई ५० मिटर उचाईमा रहेको थप्रेक पर्यटनको सम्भावना बोकेको ठाउँ हो । यहाँको पर्यटनलाई प्रर्बद्धन गर्नलाई बैठकले महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष रविचन्द्र पौडेलले बताउनुभयो । थप्रेकबाट पर्यटकीय नगरी पोखरासँगै माछापुच्छ«े, धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखलाको दृश्यपान गर्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी