स: स: ईनमा आगो लाग्दा करिब डेढ कराेडकाे क्षति

  • ख-
  • ख+

दमौली: दमौलीको मुख्यचोकमा रहेको होटल स:स: इनमा साेमबार राति आगलागि भएको छ। राति एकदेखि दुई बजे काे बीचमा आगलागी भएको हाेटल सञ्चालक जीवन शाहीले बताए । विद्धुत सर्ट भई आगलागी भएको र भुइँ तला पुर्णरूपमा क्षति भएको शाहीले बताए ।

अागलागीबाट हाेटलकाे काउण्टर , साेफा , कुर्सी , टिभी लगायतका महत्त्वपूर्ण फर्निचर सहितका सामग्री जलेर नस्ट भएको सञ्चालक राेजा शाहीले बताइन् ।

अहिलेसम्मकाे अनुमानमा करिब डेढ कराेडकाे क्षति भएको छ शाहीले भने । रातको समयमा सबै सुतेको तथा हाेटलमा पाहुना भरि रहेको अवस्थामा भुइँ तलामा अागलागि भएको थियो ।

अागलागी पछि पाहुनालाई अन्य घरको छतबाट सुरक्षित तवरले निकालिएको हुँदा मानविय क्षति हुन नपाएको शाहीले बताए । आगलागि भएपछि व्यास नगरपालिकाको दमकल , प्रहरि र स्थानियको सहायतामा आगलागि नियन्त्रणमा लिइएको थियो। यसैबीच अागलागीकाे घटना प्रति क्षेत्रीय हाेटल संघले दुख ब्यक्त गरेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्