सहकारीको दाना उद्योगले सवा करोडको दाना बेच्यो

  • ख-
  • ख+

दमौलीः तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा सञ्चालित दाना उत्पादन केन्द्रले एक करोड २९ लाखको गाई भैंसीका लागि दाना बिक्री गरेको छ ।


जिल्लाका १३ वटा दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका लागि भनेर केन्द्र स्थापना गरिएको थियो । केन्द्रले बजार मूल्यभन्दा कममा शेयर सदस्य किसानलाई दाना बेच्दै आइरहेको छ । बजारमा रु ४५ प्रति केजी पर्ने दाना सहकारीले शेयर सदस्यलाई रु ४२ मा बिक्री गर्दै आइरहेको छ ।


दैनिक दुई टन क्षमता रहेको सहकारीले वर्षभर ठूलो परिमाणमा उत्पादन गरेर बिक्री गरे पनि सहुलियतमा शेयर सदस्यलाई बिक्री गरिएकाले अपेक्षित मुनाफा भने गर्न नसकेको व्यवस्थापक राजु भुजेलले जानकारी दिए ।


केन्द्रका संयोजक प्रेमप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवर, गैर सरकारी संस्था समन्वय समितिका अध्यक्ष प्रतापसिं गुरुङ, सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्मालगायतका वक्ताले किसानका लागि केन्द्रले खेलेको भूमिका सराहनीय भएको भन्दै उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी