शुक्लागण्डकीमा ६ सय ५१ लाई अपांगता परिचयपत्र

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिकाले ६ सय ५१ जनालाई अपांगता परीचयपत्र वितरण गरेको छ ।

सामाजिक विकास शाखा प्रमुख हिमा पोखरेलका अनुसार १ सय ६० जनालाई ‘क’, २ सय ६५ जनालाई ‘ख’, १ सय ४४ जनलाई ‘ग’ र ८२ जनालाई ‘घ’ वर्गको परीचयपत्र वितरण गरिएको छ ।

नगरपालिकाले शिविरसम्म आउन नक्नेको घरमै पुगेर परिचयपत्र वितरण गर्ने गरेको पोखरेलले

जानकारी दिइन् । उनका अनुसार गत वर्ष वडा र टोल–टोलमा पुगेर पनि परिचयपत्र वितरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी