रजनजंग शाही व्यासको युवा सल्लाहकार (भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले युवा सल्लाहकारमा रजनजंग शाहीलाई मनोनित गरेको छ । व्यास २ घर भै हाल बेलायतमा बस्दै आएका शाही पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा सक्रिय छन् ।


नगरपालिकाको गत पुष २२ गते बसेको नगर कार्यपालिका बैठकले शाहीलाई पाँच वर्षका लागि गैर आवासीय युवाको समन्वय गर्ने गरी अवैतनिक युवा सल्लाहकारका रुपमा मनोनयन गर्ने निर्णय गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।


शाहीले आफ्नो कार्यकालमा व्यास नगर क्षेत्रमा युवालाई सकारात्मक बाटोमा लैजाने गरी रचनात्मक कार्यमा लैजाने योजना बनाएको दमौली न्युजलाई बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी