कारागार झडप प्रकरणः प्रशासन भन्छ,‘स्थिती नियन्त्रणमा’, छानविन समिति

  • ख-
  • ख+

दमौलीः दमौलीस्थित तनहुँ कारागारमा कैदीबन्दीबीचको झडपपछि अवस्था नियन्त्रणमा रहेको प्रशासनले बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कारागारभित्रको सेवामा विभेद भएको भन्दै आईतबार भएको झडपका क्रममा पाँच जना घाइते भएको र उनीहरु डिस्चार्ज भएको उल्लेख गरेका छन् ।


यद्यपी छ जना घाइते भएको सार्वजनिक भएको थियो । सहायक प्रजिअ बरालले प्रेस विज्ञप्तिमा घटनाको अध्ययन र छानविन गरी सुझावसहितको प्रतिवेदन दिन भन्दै प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको उल्लेख गरेका छन् ।


कारागार प्रशासनले घटना भएकै साँझ र भोलिपल्ट सम्म गरेर झडपमा संलग्न २५ कैदीबन्दीलाई स्थानान्तरण गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी