दमौली कारागार झडप प्रकरण: झडपमा संलग्न २५लाई स्थानान्तरण

  • ख-
  • ख+

दमौली: एक आपसमा विवाद र झडपमा संलग्न तनहुँ कारागारका २५ कैदीबन्दीलाई प्रशासनले रातारात स्थानान्तरण गरेको छ । आईतबार दिउँसो दुई समूहबीच विवादमा झडप हुँदा घाइते हुने ६ जना पुगेका छन् ।

झडपमा संलग्नलाई सुरक्षा जोखिमका कारण स्थानान्तरण गर्ने निर्णय भएको निमित्त जेलर नारायण अधिकारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित कारागारमा बसेको सुरक्षा अधिकारीको बैठक पछि स्थानान्तरणको निर्णय भएको हो ।

कारागारको नयाँ भवनमा सरुवा भएर आएका पाल्पा, काठमाडौंसहित विभिन्न ठाउँका कैदीबन्दी र रैथाने समूह आपसमा भिडेका थिए ।नाइके नियुक्तिको विवाद श्रृजना भए यता कैदीबन्दी दुई समूहमा विभाजित थिए ।

त्यसै क्रममा आईतबार झडप भएको हो । झडपमा परी घाइते दमौली अस्पतालबाट डिस्चार्ज भएका छन् । सबैको टाउकोमा चोट लागेको छ । बाँस, कराई आदिबाट आफूमाथि आक्रमण भएको घाइते कैदी नाइके धनबहादुर शाहीले बताए । गत कात्तिकमा स्थानान्तरण भएर आएका नयाँ कैदी बन्दीको समूह भित्रिए यता त्यहाँ गुटबन्दी भएको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्