दमौली कारागारमा कैदीबन्दीबीच झडप, केही घाइते

  • ख-
  • ख+

दमौलीः दमौली कारागारका कैदीबन्दीबीच झडप भएको छ । प्रहरी श्रोतका अनुसार दुई समूहबीच भएको झडपमा केही कैदीबन्दी घाइते भएका छन् ।

घाइते चार जनाको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस विषयमा बुझ्न फोन गर्दा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रवक्ता तथा कारागारका जेलर कसैले फोन उठाएका छैनन् ।

झडपको कारण तथा घाइतेको यकिन संख्याबारे थप विवरण आउन बाँकी छ ।
अहिले कारागारमा प्रजिअसहितका सुरक्षा अधिकारी पुगेर घटनाबारे बुझिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्