आदिकवि पढ्नेलाई शिव कालिकाको छात्रवृत्ति

  • ख-
  • ख+

दमौली: शिवकालीका बचत तथा ऋण सहकारी सस्थाले आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थोहरुलाई छात्रवृत्ति दिने भएको छ । सहकारी सञ्चालक समितिका अध्यक्ष मुम बहादुर वंशी ठकुरीको अध्यक्षतामा फागुन ७ गते बसेको बैठकले उक्त निर्णय गरेको क्याम्पसले जानकारी दिएको छ ।

छात्रवृत्ति क्याम्पसमा अध्यन गर्ने आफ्ना सेयर सदस्यका सन्तान हरुलाई दिइने जनाइएको छ । यस शैक्षिक सत्रवाट उक्त छात्रावृत्ति दिइने भएको छ।

छात्रवृत्ति कक्षा ११/१२, स्नातक वा स्नातक तह मध्ये जुनसुकै तहमा अध्यन गर्ने क्याम्पसका विद्यार्थीहरुले पाउने छ्न। हाललाई उक्त छात्रवृत्ति बार्षिक ५ हजार रकमको हुने संस्थाका सहसचिव दिपक बस्नेतले जानकारी दिए ।

यस क्षेत्रमा सरकारी क्याम्पस नभएको एउटा मात्रै सामुदायीक क्याम्पस आदिकवि भानुभक्त क्याम्पस भएकाले छात्रवृत्ति प्रदान गरी सेयर सदस्यका सन्तानहरुको उच्चशिक्षामा पहुंच सुनिश्चित गर्ने उद्देश्य राखेर उक्त निर्णय गरिएको सहकारीले जनाएको छ।

अध्ययन गर्ने आफ्ना सेयर सदस्यका सन्तानलाई यस किसिमको छात्रवृति प्रदान गर्ने शिवकालिका पहिलो सहकारी संस्था बनेको क्याम्पसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी