बुल्दी पुलमा मोटरसाईकल पल्टँदा युवकको मृत्यु, युवती घाइते

  • ख-
  • ख+

दमौली: व्यास २ बुल्दी पुलमा मोटरसाईकल दुर्घटनामा पर्दा एक युवकको ज्यान गएको छ ।

दमौलीबाट घाँसिकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल सडकमा पल्टदा चालक व्यास २ मालेबगर बस्ने बर्ष २२ का विवेक थापा मगरको ज्यान गएको हो ।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि दमौली अस्पताल लागिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी पछाडी २० वर्षीया रजनी गुरुङको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल बढी गतिमा रहेको र सडक चिप्लो भएकाले चिप्लेर दुर्घटना भएको आशंका गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी