एक लाख ३५ हजार राशीको ऋषिङ अध्यक्ष कप भलिबल शुरु

  • ख-
  • ख+

ऋषिङः ठूलो पुरस्कार राशीका साथ ऋषिङ गाउँपालिकाको आयोजनामा प्रथम ऋषिङ अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ ।


एक लाख ३५ हजार नगद पुरस्कार राखिएको प्रतियोगिता ऋषिङ ४ थप्रेकस्थित महेन्द्रज्योति प्राविको खेलमैदानमा शुरु प्रतियोगिताको संविधान सभा सदस्य झुलबहादुर आलेले उद्घाटन गरे । दोश्रो पुरस्कार ८० हजार र तेश्रोलाई ५० हजार राखिएको छ ।


तनहुँ जिल्लामा हुने विगतका प्रतियोगिताहरुमा त्यस क्षेत्रका खेलाडिले उत्कृष्ट प्रदर्शन समेत गर्ने गरेका थिए । गाउँपालिकाले आफ्नो खेलको पहिचान र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरेको हो । कार्यक्रममा संविधान सभा सदस्य आलेले प्रतियोगिता सफलताको कामना गर्दै यसले खेलकुदको विकासमा योगदान दिने अपेक्षा गरे ।


गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङलाई विकास तथा खेल दुवै क्षेत्रमा अघि बढाउन गाउँपालिका प्रयासरत रहेको बताए । गाउँपालिकाले खेल क्षेत्रको सम्भावना प्रवद्र्धन गर्न प्रतियोगिता गरेको उनले बताए । उद्घाटनका दिन शनिबार भएको खेलमा रुपा गाउँपालिका कास्की र बुलिङ्गटारबीच भएको प्रतिष्पर्धामा ३÷२ को सेटमा बुलिङ्गटारले जीत हासिल गरेको छ ।


वडा नं ४ का अध्यक्ष भोजराज रानाभाटको सभापतित्वमा भएको खेलको उद्घाटनमा
कार्यक्रममा उपाध्यक्ष गिनुमाया थापा, वडा नं ३ का अध्यक्ष दुर्गबहादुर राना, ७ का अध्यक्ष जंगवीर आले लगायतले खेल क्षेत्रको विकासमा गाउँपालिकाको प्रयासले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी