तनहुँका सामुदायिक क्याम्पसको अधिवेशनको तयारी

  • ख-
  • ख+

दमौलीः तनहुँका सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पालिक क्याम्पस संघको अधिवेशन हुने भएको छ । आगामी चैत्र २१ गते जनज्योति क्याम्पस भीमादमा अधिवेशन गरिने आदिकवि भानुभक्त क्याम्पसका प्रमुख एवं गण्डकी प्रदेश अध्यक्ष महाप्रसाद हड्खलेले जानकारी दिए ।


संघ जिल्ला अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा आदिकवि भानुभक्त क्याम्पसमा सम्पन्न बैठकले जिल्लाका सामुदायिक क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक संघका ईकाई अध्यक्ष हरुको सहभागीता रहने गरी अधिवेशनको आयोजना गर्ने निर्णय गरेको हो ।


बैठकमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष जगत नेपालले उच्च शिक्षामा ३३ प्रतिशत विद्यार्थीको भार बहन गरेका नेपालका सामुदायिक क्याम्पसहरुलाई सरकारी आर्थिक सहयोग अति न्यून हुनु अन्यायपुर्ण रहेको गुनासो गरे ।
बैठकमा संघका गण्डकी प्रदेश अध्यक्ष महाप्रसाद हड्खलेले प्रदेशको गतिविधिहरुको जानकारी गराएका थिए ।


बैठकमा प्रदेश कोषाध्यक्ष केशवराज काफ्ले, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्ष बह्मदत्त तिमल्सेना, सि के विके ब. क्याम्पस, डुम्रेका अध्यक्ष इन्द्रवहादुर कुँवर, सहिद कृष्ण वहुमुखी क्याम्पस, ढोरफिर्दीका अध्यक्ष महेश्वर भट्टराई, आदिकवि भानुभक्त क्याम्पस, दमौलीका सञ्चालक समिति उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, आँबुखैरनी क्याम्पस, आँबुखैरेनीका प्रमुख ऋषि के सि, सिके विके क्याम्पसका प्रमुख माधव घिमिरे, तनहुँ शारदा क्याम्पस, संघका कोषाध्यक्ष एवं आदिकवि भानुभक्त क्याम्पस प्राध्यापक संघ इकाई अध्यक्ष विजयराज खनाल, सि.के. वि.के. क्याम्पस, भन्सारका प्राध्यापक संघ ईकाई अध्यक्ष नविन भट्टराई र आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख कल्पना लम्सालको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी