देशभरका अधिकृत विक्रेता दमौलीमा भेला हुने

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
देशभरका अधिकृत विक्रेता दमौलीमा भेला हुने भएका छन् । नेपाल वितरक महासंघको नवौं बार्षिक साधारणसभा फागुन २९ गते दमौलीमा हुने भएको छ ।

तनहुँ उद्योग बाणिज्य संघको हलमा हुने कार्यक्रममा झण्डै पाँच सय अधिकृत विक्रेता सहभागी हुने शनिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय महासचिव हरिराज पन्तले जानकारी दिए ।


पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष सुरेस अधिकारी, तनहुँका सचिव सरोज भण्डारीले कार्यक्रमको बारेमा प्रकाश पार्दै सबै बाट सहयोगको अपेक्षा गरे ।

तनहुँको धार्मिक तथा पर्यटकीय प्रचारप्रसारको लागि टेवा पुगोस भन्ने उद्देश्यले नेपाल भरिका अधिकृत बिक्रेताहरूको छाता संघ नेपाल बितरक महासँघको साधारणसभा दमौलीमा गर्न लागिएको वितरक महासंघका केन्द्रीय सदस्य एवम् मुल समारोह समिति संयोजक मंगलप्रसाद श्रेष्ठले बताए ।

साधारणसभाको अनुमानित खर्च १५ लाख अनुमान गरिएको आयोजक आर्थिक उपसमिति संयोजक लालप्रसाद प्रधानले बताए । संघका अध्यक्ष लिल थापाले कार्यक्रम सफल पार्नका लागि जिल्लाभरका व्यवसायीको साथको अपेक्षा गरेको बताए ।

निवर्तमान अध्यक्ष मनोज अधिकारीले दमौलीका लागि यो एउटा राम्रो अवसर भएको भन्दै दमौलीवासी सबैले यसमा सघाउनुपर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी