विकास खनाल
दमौली: पाँचौं ऋषिङ्ग साँस्कृतिक महाेत्सव फागुन २८ गतेदेखि चैत १ गतेसम्म ऋषिङ्ग गाउँपालिका वडा नँ ६ गाेठादिमा हुने भएको छ ।
संस्कृति संरक्षण , प्रतिभा प्राेत्साहन र पर्यटन प्रवर्द्धनका लागि पाँचौ ऋषिङ्ग साँस्कृतिक महाेत्सव भन्ने मुल उद्देश्यका साथ महाेत्सव अायाेजना गर्न लागिएको सनिवार दमाैलीमा अायाेजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष सम्भु थापा तथा प्रबक्ता दानबहादुर अाले ले महाेत्सवका बारेमा प्रकाश पारेका थिए । महाेत्सवमा बाल कलाकारहरू कमला घिमिरे मुना मगर लगायतका कलाकारकाे उपस्थिति रहने अध्यक्ष सम्भु थापाले बताए । पत्रकार सम्मेलनमा पत्रकार महासँघ तनहुँका अध्यक्ष अाेमकार अाचार्य प्रमुख अतिथि रहेका थिए ।










