
दमौलीः तनहुँकी क्रियाशिल पत्रकार सुनिता आचार्य सञ्चार क्षेत्रमा क्रियाशिल संस्था मिडिया एक्सन नेपालको गण्डकी प्रदेश चयन भएकी छन् । राजधानीमा सम्पन्न संस्थाको दोश्रो राष्ट्रिय अधिवेशनले आचार्यलाई गण्डकी प्रदेशसहित विभिन्न पत्रकारलाई प्रदेश संयोजक चयन गरेको छ ।
अध्यक्षमा पुनः पन्त
अधिवेशनबाट संस्थाको नयाँ नेतृत्वमा सञ्चार अनुसन्धाता एवं प्राध्यापक लक्ष्मणदत्त पन्त पुनः सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार,कोषाध्यक्षमा दीपा केसी चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा यम बहादुर दूरा, गणेश प्रसाद घिमिरे र आशिष मिश्र चयन भएका छन्।
यसैगरी संस्थाको सल्लाहकाहरुमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला, धुव्रहरी अधिकारी, माधव शर्मा र वरिष्ठ अधिवक्ता एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्की रहेका छन्।

त्यसैगरी मानार्थ सदस्यमा अन्तराष्ट्रिय विज्ञहरुलाई राखिएको छ । दुबईको खालिफा विश्वविद्यालयकी डा सादिया जामिल, यूनिभर्सिटी अफ एजुकेसन घानाकी डा गिफ्टी आपिह अदजेइ, डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा वारिश कोबान, युनिभसिंटी अफ पिस भेनेजुयलाका डा मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिजम एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहेका छन्।