सचिन स्मृति दौडमा भारतीय सैनिक विजेता (तस्बिरहरू)

  • ख-
  • ख+

दमौली: १८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा भारतीय सैनिक विजेता भएका छन् ।

दमौलीबाट छाब्दी बाराही सम्मको निर्धारित नौ किलोमिटर दुरी ३० मिनेटमा पार गर्दै भारतीय सेनामा कार्यरत भानु ३ तुर्तुरेका भरत गुरुङ्ग अठारौं सचिन स्मृति खुला दौड प्रतियोगिताको विजेता बनेका हुन् ।

rbt

छाब्दी बाराही मन्दिर सम्म निर्धारित दुरीमा ३२ मिनेट २५ सेकेण्डमा पुरा गर्दै गोर्खा सिरानचोक गाउँपालिका ३ का दिनेश बोगटी प्रतियोगितामा दोस्रो भएका छन् । यसैगरी ३२ मिनेट ५० सेकेण्डमा दुरी पार गरेका धनगढी उपमहानगरपालिका सक्का वीरेन्द्र प्रसाद भट्टराई प्रतियोगितामा तेस्रो भएका छन् यसैगरी ३३ मिनेट १३ सेकेन्डमा दूरी पूरा गरेका संगम घर्ती प्रतियोगितामा चौथो भएका छन् ।

प्रतियोगितामा सबैभन्दा कान्छा धावक सन्ततिले ४२ मिनेटमा दूरी पूरा गरेका थिए । यस्तै पहिलो महिला धावक व्यास १० निवासी नमुना गुरुङले ४३ मिनेटमा दुरी पुरा गरे । कार्यक्रममा विजेतालाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य तथा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल तथा क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । यस अघि दमौलीबाट घाँसीकुवासम्म दौड गर्दै आएको क्लबले यसपाली भने रुट परिवर्तन गरेर छाब्दीसम्म गरेको हो ।

अनशन चोकबाट शुरु दौड गल्बुवेशी, जलदेवी टोल हुँदै छाब्दी बसपार्कमा पुगेर टुङ्गिएको थियो ।९ किमि दूरीको दौड प्रतियोगिताका प्रथमलाई रु १० हजार १०, द्वितीय हुनेलाई रु ८ हजार ८ र तृतीय हुनेलाई रु ६ हजार ६ पुरस्कार प्रदान गरिएको छ ।प्रतियोगिताको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी