तरुण दल बन्दीपुरमा शिशिर थापा सर्वसम्मत

  • ख-
  • ख+

बन्दीपुर : नेपाल तरुण दल बन्दीपुर गाउँ कार्यसमितिको अध्यक्षमा शिशिर थापा सर्वसम्मत निर्वाचित भएका छन् । बन्दीपुरमा शुक्रबार सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा कृष्णबहादुर गुरुङ (कालु) र हरिसचन्द्र रावल, सचिवमा करन गुरुङ र चन्द्रबहादुर कार्कि चयन भएका छन् ।अधिवेशनबाट सह-सचिवमा अनोज तिमील्सेना, कोषाध्यक्षमा कृष्णकमल गुरुङ तथा सदस्यमा प्रकाश खत्री तथा हरि कुँवर चयन भएका छन् ।

तरुण दल क्षेत्रीय सचिव मंगलसिंह गुरुङको सभापित्वमा सम्पन्न कार्यक्रममा बन्दीपुर सभापति कर्ण खत्री, कांग्रेस महासमिती सदस्य रामचन्द्र अधिकारी, नेपाल तरुण दल तनहुँ जिल्ला कार्यवाहक अध्यक्ष हिरा थापालगायतले नव निर्वाचित कार्य समितिलाई शुभकामना दिएका थिए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी