भन्टिलेटरमा राखेर जोशीको उपचार

  • ख-
  • ख+

काठमाडौंः मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको जनाइएको छ।

शरीरको देब्रे भागमा समस्या देखिएपछि बिहीबार राति वीर अस्पताल लगिएका उनलाई अवस्था झन् बिग्रिन थालेपछि शुक्रबार नर्भिक अस्पताल पुर्याइएको हाे । आसियुको भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ।

न्युरो सर्जन डा. राजीव झा सम्मिलित चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको जनाइएको छ । चिकित्सकका अनुसार मस्तिष्कको मुख्य नसा फुटेर रगत जमेकाले उनको अवस्था गम्भीर बनेको हो । शल्यक्रिया गरेर मस्तिष्कको चाप घटाउन पाइप राखिएको उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी