बेलभञ्ज्याङ्गमा काठे पोल विस्थापन, जोखिम टरे पछि स्थानीय खुशी

  • ख-
  • ख+

दमौलीः व्यास १४ बेलभञ्ज्याङ्गमा काठका बिजुलीको पोलका साटो फलामे पोल फेरिन थालिएको छ ।

पुराना काठे पोल कुनै पनि बेला भाँचिने जोखिममा रहेका बेला स्थानीयको अनुरोध पछि वडाध्यक्ष काजिमान श्रेष्ठको पहलमा १२ वटा नयाँ पोल आए पछि राख्न थालिएको स्थानीय सुरेन्द्र गौतमले जानकारी दिए ।


वर्षा तथा हावाहुरीका समयमा जहिल्यै जोखिम देखिने गरेकामा नयाँ पोल पाए पछि जोखिम टरेको उनको भनाई छ । कराँते प्रशिक्षक समेत रहेका स्थानीय गौतमले चाँडै नै माग पुरा भएकाले खुशी भएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी