ज्येष्ठ नागरिकको आँखा शिविरमा वृद्धवृद्धाको लर्को

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको आयोजनामा ज्येष्ठ नागरिकका लागि सञ्चालित ज्येष्ठ नागरिक आँखा उपचार शिविरमा आँखा परीक्षण गराउनेको लर्को लागेको छ ।

व्यास २ स्थित बालमन्दिर मावि परिसरमा नगरपालिकाले थालेको शिविरका क्रममा आँखा परीक्षण गर्न टाढा टाढाबाट वृद्धवृद्धा आउन थालेका छन् ।


चार दिने शिविरका क्रममा हालसम्म छ सय बढीले आँखा जाँच गराएका छन् । नगरपालिकािले ६० वर्ष नाघेका ज्येष्ठ नागरिकका लागि हिमालय आँखा अस्पताल पोखराका वरिष्ठ चिकित्सकको सहभागीतामा शिविर सञ्चालन गरिरहेको छ ।


शिविरका क्रममा आएका वृद्धवृद्धाको परीक्षणका क्रममा ५२ जनामा मोतियाबिन्दुको समस्या पाइएको र उनीहरुको अपरेशन समेत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।


नगरपालिकाले निःशुल्क रुपमा डाक्टरमार्फत परीक्षण शिविर सञ्चालन गरे पछि उपचार पाएका वृद्धवृद्धा निकै खुशी देखिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी