मानुङ म्याराथनपछि दमौलीमा अब दमौली–तनहुँसुर महिला म्याराथन

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फागुन २४ गते दमौलीबाट तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्ने भएको छ ।


यस अघि मानुङकोट देखी पुलिमर्याङ शहिद पार्क सम्मको ४४ कि.मी दुरीको खुल्ला अल्ट्रा म्याराथन गर्दै आएको नगरपालिकाले यसपाली भने महिलालक्षित दौड आयोजना गरेको हो ।
धार्मिक स्थल व्यास गुफाबाट शुरु हुने दौड ऐतिहासिक स्थल तनहुँसुर दरबार पुगेर सकिनेछ ।

२१ किलोमिटर दुरीको दौडका लागि नगरपालिकाले आवश्यक तयारी अघि बढाइरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले बिहिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले महिलाको सम्मान र पर्यटकीय तथा धार्मिक ठाउँको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । ‘प्रतियोगिताका कारण मानुङमा पर्यटकको आकर्षण देखिएको छ,’ उनले भने,‘ऐतिहासिक स्थल तनहुँसुरको पनि प्रचारप्रसार गर्न महिलाको दौड आयोजना गरेका हौं ।’

धार्मिक स्थल व्यास गुफाबाट शुरु हुने दौड ऐतिहासिक स्थल तनहुँसुर दरबार पुगेर सकिनेछ ।


नगर उप प्रमुख मिरा जोशीले गत वर्ष नै अन्तर्राष्ट्रिय नारी दिवस कै अवसरमा आयोजना गर्ने तय गरेको भए पनि कोभिड–१९ का कारण स्थगित भए पनि यसपाली आयोजना हुन लागेको बताए । प्रथम पुरस्कार ४१ हजार ७७, दोश्रो पुरस्कार ३१ हजार ७७ तथा तेश्रो पुरस्कार २१ हजार ७७ तय गरिएको छ । यसैगरी सान्त्वना पुरस्कार पाँच जनालाई जनही ११ हजार ७७ प्रदान गर्ने नगरपालिकाले घोषणा गरेको छ ।

प्रथम पुरस्कार ४१ हजार ७७, दोश्रो पुरस्कार ३१ हजार ७७ तथा तेश्रो पुरस्कार २१ हजार ७७ तय गरिएको छ ।


म्याराथन आयोजनाका लागि नगर प्रमुखको संयोजकत्वमा सबै नगर सभा सदस्यहरु सदस्य रहने गरी मुल आयोजक समिति गठन गरिएको छ । जसअन्तरगत विभिन्न गठित नौ उप समितिहरु गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल तथा शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीलगायतले पनि प्रतियोगिताबारे बोलेका थिए ।


यी हुन् म्याराथन रुट
व्यास गुफा देखी सफासडक हुदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान, गद्दीचौतारा हुदै व्यास नगरपालिका वडा नं ११ स्थित ऐतिहासीक तनहुँसुर दरबारसम्म रहने पनि जानकारी गराउदछौ ।


पाँच ठाउँमा रहनेछन् चेक प्वाइन्ट
म्याराथनका लागि आयोजकले पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरेको छ । चेकपोईन्टमा धावकहरुले दौडको नियम पालना गरे नगरेको निरिक्षण गरिनेछ भने धावकका लागि पानि, चकलेट साथसाथै स्वास्थ्य संग सम्बन्धित आवश्यक सम्पुर्ण सामाग्रीहरु सम्बन्धित वडाहरुमा टोल विकास संस्थाहरुको सहभागितामा राखिने नगरपालिकाले जनाएको छ ।


१) चेक पोईन्ट नं १ – घाँसीकुवा, व्यास–१२
२) चेक पोईन्ट नं २ –बेलटारी वडा कार्यालय,व्यास–११
३) चेक पोईन्ट नं ३ –अर्चलचौर, व्यास–११
४) चेक पोईन्ट नं ४ –धरमपानी , व्यास–११
५) चेक पोईन्ट नं ५ –तनहुँसुर दरवार,व्यास–११

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी