संसद विघटन बदरपछि राजनीतिमा बढेको कांग्रेसको भूमिका

  • ख-
  • ख+

काठमाडौंः प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिए पछि विकसित घटनाक्रमले कांग्रेसलाई केन्द्रमा पारेको छ ।

सर्वोच्चको फैसलालगत्तै नेकपाका दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर सम्भावित साझेदारीका लागि अफर गरिसकेका छन् । हालका प्रधानमन्त्री ओली समूहले पनि देउवासँग गठजोड गर्ने अधिकतम आन्तरिक प्रयास गरिरहेका बेला बढेको पार्टीको भूमिकाबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको बैठक डाकेको हो । देउवाले कुनै पनि निर्णय पार्टीका नेताहरुको सुझावका आधारमा गरिने बताउँदै आएका छन् ।


देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएकोे बैठकमा पार्टीका केन्द्रीयस्तरका नेताहरु सबै सहभागी हुने बुझिएको छ । यसले भावी सरकारको नेतृत्व गर्ने वा नगर्ने, गरे कुन अवस्थामा गर्ने आदि विषयमा पार्टीको भावी बाटो तय गर्नेछ ।


बैठकका आधारमा संसदीय दलको बैठक समेत डाकेर देउवाले भावी बाटो प्रष्ट गर्न लागेका छन् । नेकपाका दुवै खेमाले महत्व दिएको र दल फुट हुने अवस्थामा पहिलो शक्ति बनेको कांग्रेसको नेपाली राजनीतिमा भूमिका बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी