कमलाबारी दुर्घटना: एकै ठाउँमा ४ सवारी ठोकिएपछि….(तस्बिरहरू)

  • ख-
  • ख+

दमौली: समय: विहान ९:३० बजे । स्थान: कमलाबारी ।एक स्कूल बस विद्यार्थी लिएर दमौली जाँदै गर्दा अकस्मात कमालाबारी ओरालोमा रोकियो ।त्यसैको पछि आइरहेको ना ६ ख ४९४ नम्बरको ट्रकले ब्रेक लगायो ।

अकस्मात ब्रेक लागे पछि त्यसैको पछि जाँदै गरेको बा छ च ८६४१ नम्बरको कार ठोकिन पुग्यो । प्रहरी कन्ट्रोलका अनुसार कारको पछाडि रहेको मोटरसाईकल कारमा ठोकियो । त्यसपछि फेरि अर्को कार मोटरसाइकलमा ठोकियो भने त्यो कारलाई पछाडिको ट्यांकरले ठक्कर दियो ।


एक पछि अर्को गर्दै लस्करै आइरहेका सवारी ठोकिन थाले पछि राजमार्ग नै एक छिन अवरुद्ध हुने अवस्था आयो । ओरालोमा धेरै गति नभएकाले ठूलो क्षति हुन् नपाए पनि घटनामा दुई जना घाइते भए । प्रहरीका अनुसार घाइते हुनेमा बा ११ च ८६४१ नम्बरको कारका चालक र यात्रु छन् ।

उनीहरूको अवस्था भने खतरामुक्त छ । फराक सडक नहुँदा त्यस क्षेत्रमा यस्ता दुर्घटना नियमित भइरहन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी