तनहुँका दाहाल – नेपाल पक्ष हौसिए, ओली खेमा रक्षात्मक

  • ख-
  • ख+

दमौली: सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन निर्णय बदर गरिदिए पछि तनहुँमा दाहाल नेपाल खेमाका नेता हौसिएका छन् । सर्वोच्चको निर्णय सार्वजनिक भएलगत्तै धेरैले सामाजिक सञ्जालमा फैसलाको पक्षमा स्ट्याटस लेखेका छन् ।

रातीतिर नेताहरुले पार्टी कार्यालय पुगेर द्वीप प्रज्वलन गरेका थिए । केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेश सदस्य शंकर नारायण श्रेष्ठ तथा प्रतिनिधि सभा सदस्य कलिला खान लगायत खेमाका नेता पुगेर फैसलाको पक्षमा द्वीप प्रज्वलन गरेका थिए । खासगरी सामाजिक सञ्जालमा स्ट्याटस लेख्नमा दाहाल नेपाल खेमाका नेता कार्यकर्ता बढी हौसिएका छन् ।

उनीहरूले फैसलालाई आफ्नो जीतका रुपमा अर्र्थ्याएका छन् । ओली खेमाका केही नेता कार्यकर्ता रक्षात्मक पाइएका छन् । उनीहरूमा प्रधानमन्त्रीले भावी दिनमा चाल्ने कदमबारे केही आशा भने जीवितै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्