तनहुँ उद्योग वाणिज्य संघ अधिवेशनको तोकिएन मिति, नगरको विवाद टुंग्याउन समिति

  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघको जिल्ला नेतृत्व चयन अनिश्चित बनेको छ । यस अघि फागुन दोश्रो साता गर्ने भनिए पनि पदाधिकारी बैठकले मिति तोक्न सकेको छैन ।

सोमबार बसेको पदाधिकारी बैठकले संघ अन्र्तगत गरेका तीन बजार एकाईमा देखिएको नगर उद्योग वाणिज्य संघको विवाद समाधान गरेर मात्र एकाई अधिवेशन तथा जिल्लाको नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।


संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पूर्व पदाधिकारीहरुसहितको बैठकले भीमाद र शुक्लागण्डकीमा खुलेका दुई समानान्तर उद्योग वाणिज्य संघको विवाद टुंग्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको हो ।


संघका महासचिव ईमकुमार मल्लका अनुसार समितिमा संघका अध्यक्ष मानकाजी श्रेष्ठ, गण्डकी प्रदेश सदस्य मंगलप्रसाद श्रेष्ठसँगै पूर्व अध्यक्षहरु अशोककुमार श्रेष्ठ र शंकरलाल राजभण्डारी सदस्य छन् ।


अबको एक सातादेखि १० दिनभित्र समस्या समाधान गरेर एकाई र जिल्लाको चुनाव मिति तय गर्ने निर्णय बैठकले गरेको महासचिव मल्लले जानकारी दिए ।

‘हाम्रो विवाद नटुंग्याइकन कसरी जिल्ला नेतृत्व चयन गर्नुहुन्छ भनेर साथीहरुले कुरा राखे पछि उहाँहरुको विवाद टुंगएर एकाई र जिल्लाको अधिवेशनको मिति तोक्ने सहमति बनेको छ,’ मल्लले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी