देउवाद्वारा सर्वोच्चको आदेशको स्वागत

  • ख-
  • ख+

काठमाडौं: नेपाली काग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्। उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन्।

देउवाले ट्वीट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्