व्यासमा ज्येष्ठ नागरिकको आँखा निःशुल्क परीक्षण

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले ६०बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि आँखा शिविर सञ्चालन गरेको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । फागुन ११,१२,१३र १४गते ४ दिन गरिने शिविरमा व्यास नगरपालिकाको १४वटै वडाका ज्येष्ठ नागरिकहरको परिक्षण गरिने नगरपालिकाले जानकारी दिएको छ।

शिविरको उद्घाटन गर्दै ब्यास नगरपालिकाका नगरप्रमख बैकुण्ठ न्यौपानेले जेष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले रचनात्मक काम गर्ने प्रयास गरेको र प्रत्यक्ष रूपमा स्वम् ज्येष्ठ नागरिकका समस्या चिर्ने खाले अर्थपूर्ण शिविरको फाइदा लिन सम्पूर्ण नगरभित्रका जेष्ठ नागरिक तथा परिवारलाई अनुरोध गरेका थिए।

शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाकी उपप्रमुख मिरा जोशीले ब्यास नगरपालिकाले जेष्ठ नागरिकको सम्मानमा उनिहरूलेनै लाभ पाउने गरि शिविर कार्यक्रम सञ्चालन गरिएको धारणा राखिन्।

त्यस्तै व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले उद्घाटन कार्यक्रममा आउने सम्पूर्णलाई स्वागत गर्दै नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको र त्यस माथि पनि लक्षित समुदाय जेष्ठ नागरिकलाई परिवार,समाज राष्ट्र सबैले विशेष रूपमा हेर्नुपर्ने र सोहीअनुरूप सम्मानपूर्ण व्यवहार गर्नुपर्ने धारणा राखे।

बालमन्दिर माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा विभिन्न वडाहरूका नागरिकलाई सहजता हुने गरि परिक्षणको व्यवस्था मिलाइएको शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिए।


कार्यक्रममा वडा न २का वडाध्यक्ष कासीराम श्रेष्ठले ब्यास २मानै शिविर सञ्चालन गरि घरदैलोमा नै प्राविधिक टोली आई परीक्षण गर्ने व्यवस्था मिलेको खुसी व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता गरेका नगरपालिकाका कार्यकारिणी सदस्य तमबहादुर दरैले नगरपालिकाले विकासलाई मात्र नभएर लक्षित समुदायका समस्या र चुनौतिसँग एकाकार गर्दै शिक्षा ,स्वास्थ्य र सकारात्मक सामाजिक रूपान्तरण गर्नुपर्ने धारणा राखे।


पहिलो दिनको शिविरमा १६२ जना जेष्ठ नागरिको परीक्षण गरिएकोमा १३जनाको अप्रेसन गर्नुपर्ने अवस्था देखिएको महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख राधा आचार्यले जानकारी दिइन्।


शिविरमा उपस्थित ज्येष्ठ नागरिकहरूले यस्तो राहत दिने कार्यक्रम सञ्चालन गरि जेष्ठ नागरिकका वास्तविक समस्या पहिचान गरेको भन्दै खुसी ब्यक्त गरेका थिए । शिविर षही फागुन१४ गतेसम्म सञ्चालन हुने नगरपालिकाले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी