
दमौली: औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिको सदस्यमा व्यवसायी दामोदर भण्डारी निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न प्रथम अधिवेशनमा भण्डारी खुला तर्फको सदस्य निर्वाचित भएका हुन् ।
औषधी व्यवसायी संघ तनहुँका निवर्तमान अध्यक्ष भण्डारीले खुलातर्फ अत्यधिक मत ल्याएर चुनावमा विजयी भएका हुन् ।
कुल खसेको १२४ मत मध्ये खुला सदस्यमा विजयी भण्डारीले दोश्रो धेरै मत ७० पाएका हुन् । दमौली न्युजसँग कुरा गर्दै आफ्नो जितले व्यवसायिक विकासमा थप काम गर्न ऊर्जा मिलेको निर्वाचित सदस्य भण्डारीले बताए ।