
दमौली: लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड दमौली शाखाले व्यास नगरपालिका बडा न ४ का स्वर्गीय रामलाल श्रेष्ठका परिवारलाई जीवन बिमाबापतको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।
कम्पनीको दमौली शाखाले सोमबार मृतकका परिवारलाई घरमै गई एक कार्यक्रम गरी मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । शाखाका प्रबन्ध सुदिप ज्ञवाली, एजेन्सी मेनेजर एकप्रसाद श्रेष्ठ र बरिस्ठ अभिकर्ता कृष्णबहादुर गुरुङले मृतक परिवारलाई संयुक्त १ लाख ८३ हजार १ सयको चेक मृतकका श्रीमती यसोधा श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । एक लाखको बिमा गरेका स्वर्गीय रामलालको ५० बर्षको उमेरमा मृत्यु भएको थियो ।
बिमा रकममा बोनस थप गरि कुल १ लाख ८३ हजार एक सयको चेक घरमै पुगी
हस्तान्तरण गरिएको शाखा प्रबन्धक ज्ञवालीले बताए ।म पनि बचत हुने भएकाले सबैले जीवन बिमा गर्न आवश्यक रहेको बताए ।