नवाैं अादर्श तथा चौंथो तारा स्मृति कप फुटबल फागुन २४ गते देखि

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाउँपालिका–४ स्थित आदर्श नमूना क्लवको आयोजनामा फागुन २४ गतेदेखि फागुन २९ गतेसम्म नवौ आदर्श तथा चौथो तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

क्लवले एघारौ वार्षिकोत्सव तथा समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय ताराराज रानाको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । आदर्श तारा मनहरी खेलमैदानमा हुने खेलका लागि मैदान तयार पारिएको क्लवका अध्यक्ष गौरवराज रानाले बताए ।

प्रतियोगितामा विजेताले रु एक लाख एक र उपविजेताले रु ५० हजार एक नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई समेत पुरस्कार प्रदान गरिनेछ । क्वाटरफाइनलदेखिको सम्पूर्ण खेलहरुमा म्यान अफ दि म्याच समेत प्रदान गरिने अध्यक्ष रानाले बताए ।

प्रतियोगितामा सहभागिताका लागि क्लवले सबै खेलप्रति माया गर्ने ब्यक्तित्वहरूलाई आग्रह गरेको छ । टिम दर्ता खुल्ला भएको र यसको लागि ६ हजार ५ सय दर्ता शुल्क राखिएको क्लबका मलिन मल्लले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी