६५ जिल्लामा गठन हुँदा तनहुँमा किन गठन भएन नेपाल दाहालको कमिटी ? कसको सम्भावना ?

  • ख-
  • ख+

दमौलीः नेकपाको नेपाल दाहाल समूहले ६५ जिल्लामा नेतृत्व चयन गरेको छ । तर खेमाका धेरै र शक्तिशाली नेता रहेको तनहुँमा भने कमिटी गठन गरिएको छैन । गण्डकी प्रदेशका अरु जिल्लामा समेत संगठन पुनगर्ठन भए पनि तनहुँमा भने हुन सकेन ।


श्रोतका अनुसार तनहुँमा साविक एमालेको नेतृत्वमा संगठन गठनको सहमति भएको छ । तर पनि कसलाई नेतृत्व दिने भन्ने विषय भने टुंगन नसकेको छैन ।

जिल्ला अध्यक्षका लागि साविक एमालेका धेरै नेता हालका गण्डकी प्रदेश कमिटी सदस्य शंकरनारायण श्रेष्ठको पक्षमा छन् । श्रेष्ठले भने साविक माओवादीका नेता एवं हालका सेक्रेटरी राजेन्द्रकेशरी न्यौपानेलाई अघि सारेका छन् ।

तर साविक माओवादीकै कतिपय नेताले श्रेष्ठलाई नै अध्यक्ष बनाउन लबिङ गरेका छन् ।
नेतृत्वले यस विषय केही दिनमै टुंग्याउने एक नेताले बताए । अरु जिल्लामा पनि बाँकी रहेकाले एकै चोटी सबै जिल्लामा नेतृत्व चयन हुने ती नेताले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी