पराशर आश्रममा पुनः ताराप्रसाद

  • ख-
  • ख+

दमौलीः पराशर आश्रम संरक्षण समितिको अध्यक्षमा पुनः ताराप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

व्यास ५ पराशर आश्रम क्षेत्रमा सम्पन्न वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन कार्यक्रमका बीच श्रेष्ठकै नेतृत्वमा रहेको कार्य समितिलाई सर्वसम्मत रुपमा निर्वाचित गरिएको छ ।


नवगठित समितिको उपाध्यक्षमा लक्ष्मीकान्त चापागाईं, सचिवमा सत्यप्रसाद खनाल, कोषाध्यक्षमा अर्जुन गिरी तथा सह सचिवमा राजेन्द्र खनाल चयन भएका छन् ।


अधिवेशनबाट सदस्यहरुमा कृष्णराज वाग्ले, कृष्ण भारती, नारायणी वाग्ले, भाग्यशाली ढुंगाना, भगवती न्यौपाने तथा पार्वती गिरी चयन भएका छन् । बाँकी दुई सदस्य पछि मनोनित गरिने बताइएको छ । यसैबीच नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पराशर क्षेत्रको विकासका काम थप सशक्त रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्