शुक्लागण्डकीमा स्कुटर र मोटरसाईकल ठोकिंदा पाटनका सन्देशको मृत्यु

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडास्थित पृथ्वी राजमार्गमा एक स्कुटर र मोटरसाईकल ठोकिंदा स्कुटर चालकको ज्यान गएको छ ।

घटनामा मोटरसाईकल चालक भने घाइते रहेको प्रहरीले जनाएको छ । पाटनबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ६२५ नं.को स्कुटर र विपरित दिशाबाट आउँदै गरेको ग १९ प ३७०६ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा स्कुटर चालक शुक्लागण्डकी ८ पाटन बस्ने २२ वर्षका सन्देश भट्टराईको ज्यान गएको हो ।

उनको उपचारका क्रममा स्थानीय अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी ३ निवासी १७ वर्षका अमृत श्रेष्ठको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्