छाङ्गपाटन स्वास्थ्य भवनको उद्घाटन

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे: म्याग्दे गाउँपालिका वडा नं ५ स्थित छाङ्गपाटन अाधारभुत स्वास्थ्य सेवाकेन्द्र भवनको अाइतवार उद्घाटन भएको छ । भवनको उद्घाटन गर्दै प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले ११ महिनामा हिड्ने बच्चा ९ महिनामा हिँडे जसरी म्याग्दे ५ मा बिकासका गतिविधि छिटोछिटो भएको बताइन् ।

किसानले बालि लगाएर खेती भित्र्याएकाे दिनमा जति खुसि हुन्छन् त्यस्तै अाँफुहरूलाइ अाज भवन उद्घाटन गरेर स्वास्थ्य कार्यलय सुरु गर्दा भएको रानाको भनाइ थियो । म्याग्दे ५ प्याराग्लाईडिङकाे लागि पनि नेपाली शेनाले प्रयाेग गरि प्रमाणित गरिसकेको वडा भएको हुँदा प्याराग्लाइडिङकाे पनि सम्भावना रहेको रानाले बताइन् ।

कार्यक्रमका बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जनताको कामको लागि जनप्रतिनिधि हरू निरन्तर लागिरहेको बताए । सबै जनाको साथ र सहयोगमा म्याग्देकाे बिकास तिव्र गतिमा अगाडि बढेको घिमिरेले बताए ।

म्याग्दे ५ मा भर्खरै पिच भएको बाटोले मानुङ जाेडिएकाे हुँदा पर्यटनको क्षेत्रमा पनि छाङ्ग पाटनकाे भविष्य उज्ज्वल रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्वास्थ्य सेवा केन्द्रमा अावस्यक पर्ने सामग्रीहरू उपलब्धताकाे लागि गाउँपालिका गम्भीर रहेको बताए ।

कार्यक्रममा म्याग्दे ४ का अध्यक्ष प्रेमबहादुर थापा , चिनिमायाँ थापा , अञ्जना रेग्मी , पदम माया थापा , नरबहादुर थापा , टेकबहादुर अाले , दुर्गाबहादुर थापा , चित्र बहादुर राना , लगायतका बक्ताहरूले मन्तव्य राखेका थिए । म्याग्दे ५ का वडा अध्यक्ष शिव बहादुर अालेकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे सञ्चालन मिरादेवि अधिकारीले र स्वागत तिलक घिमिरेले गरेका थिए । स्वास्थ्य केन्द्र भवन २५ लाखमा निर्माण सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्