व्यास युवा परिषदको कार्यकारी उपाध्यक्षमा पन्थ

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको कार्यकारी युवा परिषदको उपाध्यक्षमा गौरव पन्थ मनोनित भएका छन् ।

नगर प्रमुख अध्यक्ष रहने गरी गठित परिषदको कार्यकारी उपाध्यक्षमा उनलाई मनोनयन गरिएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिएका छन् ।


गत पुष २२ गते बसेको बैठकको निर्णय अनुसार मनोनयन गरिएको नगरपालिकािले जनाएको छ ।
पन्थ यस अघि नगरपालिकाका युवा क्लब नेटवर्कका अध्यक्ष छन् । उपाध्यक्षका रुपमा अब आफू युवाका नीति बनाउने क्षेत्रमा सक्रिय रहने पन्थले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्