तनहुँका परियार र राना कांग्रेसको प्रचार विभागमा

  • ख-
  • ख+


दमौली: नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तनहुँका दुई जना मनोनित भएका छन् । व्यास नगरपालिका ११ तनहुँसुर घर भै हाल अवकासको तयारीमा रहेका पाटन संयुक्त क्याम्प्सका जुलोजी प्राध्यापक गोवद्र्धन राना र भानु नगरपालिका चोकचिसापानी निवासी पत्रकार गोविन्द परियारलाई मनोनयन गरिएको हो ।

परियार पार्टी सभापति शेरबहादुर देउवा प्रधामन्त्री रहँदा उनका प्रेस संयोजक थिए । राना एक समयका तनहुँका प्रभावशाली विद्यार्थी नेता हुन् । हाल मनोनित सदस्यहरुमा प्रेस युनियनका अग्रज नेताहरुसहितका चार दर्जन छन् ।


पछिल्लो समय पार्टी सभापति देउवाले गठन गरेका विभिन्न विभागहरुमा तनहुँका नेताहरुले पनि स्थान पाइरहेका छन् । यसलाई आगामी पार्टी महाधिवेशनमा आफूलाई बलियो रुपमा उतार्ने सभापति देउवाको रणनीतिका रुपमा पनि कतिपयले हेरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी