बाग्लुङ अपडेटः ज्यान गुमाउनेको संख्या आठ पुग्यो

  • ख-
  • ख+

बाग्लुङः बाग्लुङमा बाढि तथा पहिरोमा परी ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । बुधबार राती बाग्लुङ ढोरपाटन ९ भुसुण्डेमा पहिरो तथा लगत्तै सुकुर्दुङ खोलामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या हालसम्म आठ पुगेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार विभिन्न ठाउँमा ती शव भेटिएका हुन् । बागलुङ ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने वर्ष २६ कि केशमाया विकको शव खोला किनारमा भेटिएको छ ।


मृत भेटिनेमा उनीसँगै दुई महिला, एक अन्दाजी १२ वर्षिया बालिका र बाँकी पुरुष छन् । खोलाका विभिन्न भागमा ती शव भेटिएको बताइएको छ । एक बाहेक बाँकीको सनाखत हुन सकेको छैन ।
घटनामा परी चार बढी घाइते भेटिएका छन् ।

एक दर्जन बढी बेपत्ता भएकामा भेटिएका व्यक्ति नै हुन् वा फरक खुलेको छैन । ढोरपाटन घुम्न गएका चार मध्ये तीन जना सकुशल भए पनि गलकोट ४ का २४ वर्षका नविन भण्डारी भने बेपत्ता छन् ।
घटनास्थलमा उद्धारका लागि प्रहरी, सैनिक, सशस्त्रसँगै स्थानीयको टोली खटिएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी