सर्वोच्चको फैसला निष्पक्ष नभए सशक्त आन्दोलन ः विक

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेश सभा सदस्य डोवाटे विश्वकर्माले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले निष्पक्ष ढंगबाट फैसला नगरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
अक्षयकोष स्थापनार्थ राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाद्वारा शुक्रबार आयोजित प्रजातन्त्र स्थापनामा दलित समुदायको योगदानको स्मरण कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् ।


सरकारले संसद विघटन गरेर देश र जनतालाई बन्धक बनाउन लागेको बताए ।
पत्रकार राज्यको चौथो अंगको रुपमा रहेको उल्लेख गर्दै नेता विश्वकर्माले समाज बदल्न,अन्याय अत्याचार र शोषित पीडितको आवाजलाई बुलन्द पार्न संञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सुझाव दिए ।


शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सबिता रसाइलीले २१ आंै शताब्दीमा आइपुग्दा पनि दलित समुदायप्रति हेरिने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन नसकेको बताइन् ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यले कोभिड–१९ का कारण नेपालको पत्रकारिता पेशा धराशायी बन्दै गएको बताए ।


शुक्लागण्डकी कार्यपालिका सदस्य भरत लामगादेले दलितका विषय दलित मात्रै नभई गैरदलित पत्रकारहरुले पनि उठान गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा दलित अगुवा कृष्णलाल विश्वकर्मा, म्याग्दे गाउँपालिका सदस्य रामकृष्ण विक, नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार, जनता समाजवादी पार्टीका नेता जनार्दन नेपाली, युवा संघ घिरिङका अध्यक्ष गोपाल बिश्वकर्मा,प्रगति लेखक संघका सचिव एवं लेखक बिनोद कुमार बि.क (विकास) राष्ट्रिय दलित पत्रकार संघ गण्डकी प्रदेशका उपाध्यक्ष पूर्ण बिके, प्रेस संगठनका अध्यक्ष नारायण खड्का, प्रेस युनियनका अम्मरराज नहर्की, फोनिजका अध्यक्ष प्रताप रानामगर, दलित संघ म्याग्देका अध्यक्ष मिन बहादुर चदारो लगायतका वक्ताहरुले जातिय छुवाछुत अन्त्यका लागि दलितहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।


संघका अध्यक्ष एसबी नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सालिकराम सुनार, सचिव अशोक विश्वकर्मा लगायतले बोलेका थिए ।

सहयोग संकलन
राष्टिय दलित पत्रकार संघ तनहुँ शाखाले स्थापना गर्न लागेको अक्षयकोषको लागि हालसम्म पाँच जनाले आर्थिक सहयोग गरिसकेका छन् । प्रेस युनियन तनहुँका अध्यक्ष अम्मरराज नहर्कीबाट रु.पाँच हजार,दलित संघ म्याग्देका अध्यक्ष मिनबहादुर चदारोबाट रु.पाँच हजार,व्यवसायी रोहित सेन्चुरीबाट रु.पाँच हजार,नरबहादुर सुनारबाट रु. पाँच हजार र युवा संघ घिरिङका अध्यक्ष गोपाल बिश्वकर्माबाट रु.पाँच हजार सहयोग भएको छ ।


अक्षयकोषका लागि लागि तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनारले रु.एघार हजार एक सय एघार,प्रगति लेखक संघका सचिव एवं लेखक विनोदकुमार विक (विकास)बाट रु.दश हजार दुई सय तेइस,शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सबिता रसाइलीबाट रु.पाँच हजार,दलित अगुवा कृष्णलाल बिश्वकर्माले रु.पाँच हजार,शुक्लागण्डकी पालिका सदस्य भरत लामगादेले रु.पाँच हजार,अफगानिस्तानमा बस्दै आएका लमजुङ निवासी बुद्धिबहादुर सुनारले रु.पाँच हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य डोवाटे बिश्वकर्मा, जनता समाजवादी पार्टीका नेता जनार्दन नेपाली, म्याग्दे गाउँ कार्यपालिका सदस्य एवं एनप्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विक लगायतका व्यक्तिहरुले अक्षयकोष स्थापनाको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अक्षयकोष स्थापना पश्चात आउने व्याजबाट प्रत्येक बर्ष दुई जना दलित पत्रकारलाई लेखनवृत्ति पुरस्कारबाट पुरस्कृत गरिने योजना रहेको सो संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्