रोट¥याक्टद्वारा आयोजित राममाया स्मृति हाजिरीजवाफमा आदर्श विद्यागृह प्रथम

  • ख-
  • ख+

दमौली: रोट¥याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको स्वर्गीय राममाया राउत स्मृति दोस्रो अन्तरविद्यालय स्तरीय रोट्रयाक्ट हाजिरीजवाफ प्रतियोगितामा आदर्श विद्यागृह दमौली प्रथम भएको छ ।


शुक्रबार भएको प्रतियोगितामा दमौली माध्यमिक विद्यालय द्वितीय भएको छ भने बाराही आवासीय माध्यमिक विद्यालय तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समुहले नगद १८ सय, १२ सय र ६ सय संगै ट्रफी र प्रमाणपत्र पाएका थिए । प्रतियोगितामा १३ विद्यालयबाट १३ समुह सहभागी रहेका थिए ।

विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देशले उक्त हाजिरीजवाफ गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख नगेन्द्र रेग्मीले बालबालिकाको क्षमता प्रष्फुटनका लागि प्रतियोगिता गरेको भन्दै क्लबको सराहना गरे ।

रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जीवन श्रेष्ठ, व्यास नगरपालिकाका शिक्षा अधिकृत नविन पराजुली, एनप्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण विक, कन्काई माविका प्रधानाध्यापक अमर थापा लगाएतले मन्तव्य राखेको हाजिरी जवाफ प्रतियोगिताका संयोजक अनुज बिमलीले जानकारी दिए ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मनोज राउत तथा सहसचिव किरण श्रेष्ठले पनि बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्