कोभिडविरुद्धको खोप लगाउने २६५५ पुगे, समय थपियो

  • ख-
  • ख+

दमौली: तनहुँमा हालसम्म दुई हजार छ सय ५५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार खोप लगाउनेमा दुई हजार २६ पुरुष र ६ सय २९ महिला छन्। खोप लगाउने समय सकिए पनि शुक्रबार समेत खोप लगाइने कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

खोप कार्यकर्ताको जन्मदिन मनाइयो

खोप अभियानमा जन्मदिन पनि बिर्सेर खटेको भन्दै कार्यालयले खोप कार्यकर्ता रक्षा काफ्लेको जन्मदिन मनाएको छ ।

आफ्नो जन्मदिन पनि डेढ सय बढीलाई उनले खोप लगाएकी थिइन् ।खोप सकिए लगत्तै कार्यालयका कर्मचारीले उनको जन्मदिन केक काटेर मनाएको खोप सम्बन्धी अधिकारी वीरेन्द्रबाबु चौधरीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी